Sunday, August 3, 2014

मोदीले नेपालीमा भाषण गर्दा...

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदको वैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषामा मन्तव्य सुरु गरेका छन् । आफ्नो लिखित नेपाली मन्तव्यमा उनले आफू धेरै बर्ष अघि नेपाल आएको र फेरि आउन पाउदा हषिर्त भएको बताए ।
उनले गरेको नेपाली मन्तव्यको अंश :
नेपाल आउन पाएकोमा अत्यन्तै हषिर्त छु । धेरैधेरै बर्षअघि एक पथिक यात्रीको रुपमा आएको थिए । यो भनाई छ कि, एकपटक तपाईंले एक पटक नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्छ । यस सुन्दर देशको साथीको रुपमा म फेरि फर्केर आएको छ । प्रधानमन्त्रीको हैसियतमा पुन आउन पाउदा वास्तवमै मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने वित्तिकै गर्न चाहन्थे किनकी हाम्रो नेपालसंगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्येको हो । निमन्त्रणा गर्नु भएकोमा म सरकारर नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु l

No comments:

Post a Comment