Sunday, August 3, 2014

...जब मोदी सडकमा हात दिंदै आ


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएपछि उहाँको फोटो लिने धोको थियो । पेशाले म पत्रकार होइनँ । कडा सुरक्षा र सरकारी स्वीकृति नहुँदा त्यो सम्भव पनि भएन ।
मोदीजीको सवारी हुने बाटो पछ्याइरहेको थिएँ । सधैंझैं क्यामेरा साथमै थियो । सुरक्षा धेरै कडा थियो । प्रहरीले अली टाउको तानेर चिहाउन खोज्दा पनि डन्डा लगाउलान् जस्तो गर्दथे ।
सिंहदरवारबाट प्रधानमन्त्री संविधानसभा भवन आउने बाटो हेरेर नयाँ बानेश्वर चोकमा उभिएको थिएँ । कडा सुरक्षाबीच मोदीजीको सवारी भयो । भीड निक्कै थियो ।
मोदी नजिक आउँदा सर्वसाधारणको भीड झनै बढ्यो । एलिनाज् बेकरी अगाडि उहाँ उत्रनुभयो । सवै आश्चार्यमा परे । हाल हल्लाए । मोदीजी झन् नजिकै आउनुभयो । उभिएका सर्वसाधारणसँग हाल मिलाउनुभयो ।
दायाँपट्टीको सडक किनारामा बसेकासँग हात मिलाएपछि पुनः फर्केर बायाँपट्टीका सर्वसाधारणसँग पनि हात मिलाउनुभयो । जनताले मोदीको जय होस्, नरेन्द्र मोदी जिन्दावाद भन्दै नारा लगाए ।
यतिमामात्रै सकिएन उहाँको नेपालीसँगको सामिप्यता । सवै नेपालीबीच अभिभावदन गर्दै हात हल्लाउनुभयो । केही समयपछि मोदीजी पुनः बुलेटप्रुफ गाडी चढेर नयाँ बानेश्वरस्थित संविधानसभा भवन जानुभयो 

No comments:

Post a Comment