Wednesday, August 6, 2014

मोडल प्रेमिकाका लागि गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको खुलासा....


          एमालेमा युवा नेताका रुपमा चर्चित गुण्डा नाइके दिनेश अधिकारी मारिनुको कारण उनीसंग बिहे गर्न कामकुरो छिनिसकेकी युवती खुश्बु ओली भएको रहस्य खुलेको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा संचारकर्मीहरुसंग बोल्दै खुश्बु आफैले यस्तो रहस्य खोलेकी हुन् ।
खुश्बुका अनुसार गुण्डागर्दीमै संलग्न अपर्ण कोइरालाले खुश्बुलाई पनि मन पराउँछन् । यस्तै प्रहरी इन्सपेक्टर रहेका कुमुद ढुंगेलको समेत खुश्बु आँखाको तारो बनेकी थिइन् ।
‘मैले चरीलाई मन पराएको थाहा पाएपछि दुवैले देखि सहेका थिएनन् ।’ खुश्बुले भनिन् ‘अपर्णले त तैंले जे भन्छस् पूरा गर्न तयार छु, भनेको मान् त्यसलाई छाड् । नत्र म त्यसलाई मारिदिन्छु,’ भनेको थियो । शिक्षण अस्पताल परिसरमा खुश्बुले रुँदै भनिन् -दिनेशलाई मारिदिन्छु भन्दै यसले केही दिन अघि पठाएको म्यासेज मँसँग छ ।’
अर्को एक घटना समेत सुनाउँदै खुश्बुले भनिन्-’तिन महिना अघि अर्पणले चरिलाई मारिदिन्छु, हेरिराख भनेर ललितपुरमा इन्सपेक्टर रहँदा कुमुद ढुंगेलकै अगाडी भनेको थियो । त्यसपछि मैले चरिको ज्यान रक्षा गरिदिन भन्दै लिखित निवेदन समेत दिंएँ । पछि पुलिसले यो यस्तै हो यसको कुरा नपत्याउ भनेपछि उसलाई सचेत गराएर छाडेपछि मैले निवेदन फिर्ता लिएको थिएं ।
त्यतिखेरै मैले अपर्णलाई भनेको थिएँ-हेर्नु दाई अब दिनेशलाई केही भयो भने तपाईको जिम्मा । भनेको थिएँ ।’
आफ्नै कारण चरि मारिएको भन्दै खुश्बुले थप भनिन् ‘अर्पण भारतमा छु भन्दै नेपालमै लुकिराखेको छ । उसले नै पुलिस लगाएर मार्न लगाएको हो । चरिलाई मार्नुमा कुनै आर्थिक लेनदेन केही कारण छैन । पुलिसले भनेजस्तो भिडन्त सिडन्त केही भएको हैन । पुलिसले योजना बनाएर मारेको हो ।
चरि मारिनुमा अर्पण कोइराला र प्रहरी इन्स्पेक्टर कुमुद ढुंगेलको हात छ ।’

No comments:

Post a Comment