Wednesday, August 6, 2014

चालक र सहचालकद्धारा बसमै युवतीको सामुहिक बलात्कार, दुवै पक्राउ

बसमा यात्रा गररहेकी रुकुमकी एक युवतीलाई बसका चालक र सहचालकले नेपालगन्ज बसपार्कमा बसमै सामुहिक बलात्कार गरेका छन् ।
बाँकेको शम्शेरगन्जस्थित मामाको घर आउन लागेकी रुकुमकी १८ बर्षिय युवती लाई उनी चढेर आएको बसकै चालक र सहचालकले नेपालगन्ज ल्याई बसपार्कमा सामुहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।
बसभित्रै युवतीलाई दुईजनाले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
शम्शेरगन्ज नेपालगन्जबाट करिब ३२ किलोमिटर उत्तरपुर्बमा अवस्थित छ । बसका सहचालकले युवतीको मोवाइल र सामान लुकाएर योजनावद्धरुपमा नेपालगन्जसम्म ल्याइपु¥याएको प्रहरीले जनाएको छ ।
बसबाट सबैजना यात्रु झरेपछि बुधवार बिहान साढे ३ बजे दुईजना मिलेर युवतीलाई बसभित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत भएकी युवतीले दिएको जानकारी अनुसार घटनामा संलग्न दाङ्ग तुल्सीपुर ९ घर भई ना ४ ख ५१६७ नम्बको वसमा सह चालकको काम गर्ने स्याने भन्ने सुमन विसी र दैलेख नारायण नगरपालिका वडा नं.८ घर भई ना ३ ख ८७१३ नम्बरको वसका चालक चंख्ये भन्ने अजिव सुनार लाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्जबाट सादा पोशाकमा खटिएका प्रहरीले दाङको तुलसीपुरबाट उनीहरुलाई पक्राउ गरेर नेपालगन्ज ल्याईएको जल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक किसनसिंह बुडालले जानकारी दिनुभयो ।
पीडित युवतीको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।
पछिल्लो समयमा बाँकेमा बलात्कार र यौन शोषणका घट्नाहरु बढ्न थालेको भन्दै मानवअधिकारकर्मी र महिला अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

No comments:

Post a Comment