Saturday, July 19, 2014

चलचित्र 'हेट स्टोरी-2

कलाकार: सुशान्त सिंह, सुरवीन चावला, जय भानुशाली, सिद्धार्थ खेर तथा राजेश खेर।

सिक्वेल चलचित्र 'हेट स्टोरी-२' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। यसअघिको 'हेट स्टोरी' ले बोल्ड संवाद तथा तात्ताता दृश्यका कारण बक्स अफिसमा सफलता हासिल गरेको थियो। पहिलो चलचित्रकै थिमलाई सिक्वेल चलचित्रमा दोहोर्‍याएको छ। सिक्वेल चलचित्रमा पनि दृश्य र संवादलाई बोल्ड बनाइएको छ। चलचित्रको टे्रलर तथा गीतले युट्युबमा राम्रै चचा पार्एका छन्। 'हेट स्टोरी-२' थि्रलर चलचित्र हो। चलचित्रको कथा आफ्ना प्रेमी (जय) को मृत्युको बदला लिने नायिकाको साहसको वरिपरि घुमेको छ। चलचित्रमा सुरवीन चावला मुख्य भूमिकामा छिन् जसलाई कामुक तथा बोल्ड रूपमा प्रस्तुत गरिएको छ। चलचित्रमा सुरवीन आफ्ना प्रेमिको हत्याको बदला लिन कति हदसम्म पुग्न तयार छिन् भन्ने कुरालाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ। चलचित्रले मुम्बईको फोहोरी राजनीतिप्रति पनि व्यंग्य गरेको छ। निर्देशकले यो चलचित्रमार्फत 'सेक्स-पोलिटिक्स' लाई एक्सपोज गर्ने प्रयास गरेका छन्।

No comments:

Post a Comment